बाँके थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको गएराति मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका- १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण गर्न अनुमति

श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई २६ असोजमा अस्पताल भर्ना गरिएको थियो । भर्ना गरेलगत्तै उनमा कोरोना सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताए । उनलाई २७ असोजमा भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियोे ।

रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गर्दै गर्दा ती पुरुषको अति सघन कक्षमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  स्पेनमा ह्वात्तै घट्यो मृत्युदर

नेपाली सेना र परिवारबीच शवको व्यवस्थापन गर्नेबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

कमेन्ट गर्नुहोस्