चौरसिया हत्या प्रकरण : नेकपा नेताले नै गरे सरकारविरुद्ध नारबाजी

वीरगञ्ज : पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साले जिल्ला प्रहरी कार्यालयअगाडि प्रर्दशन गरेको छ ।

नेकपा पर्साका नेता तथा कार्यकर्ताले सरकार र प्रहरीका विरुद्ध चर्को नाराबाजी गर्दै प्रर्दशन गरेका हुन् ।

याे पनि पढ्नुस  'प्रचण्ड जहाँ उभिन्छन्, त्यहीँबाट शुरू हुन्छ नेकपाको लाइन'

घटनामा संलग्न व्यक्तिहरूलाई सरकारले संरक्षण गरेको भन्दै प्रचण्ड र माधव नेपाल पक्षधर नेता र कार्यकर्ताले कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेकपा केन्द्रीयय सदस्य नागेन्द्र चौधरी, पूर्व सांसद बिचारी यादव, बालगोपाल थापा, गाउँपालिका अध्यक्ष जालिम मिया लगायतका नेताको नेतृत्वमा प्रर्दशन गरिएको हो ।

याे पनि पढ्नुस  रवि समर्थककाे आन्दाेलनविरुद्ध कृष्ण राई र हिमाल शर्माले निकाले कडा विज्ञप्ती

कमेन्ट गर्नुहोस्