नेकपाका नेता चौंलागाईंको निधन, प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रेशम चौलागाईंको निधन भएको छ । उनको आज  भक्तपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

चौलागाईं लामो समय शिक्षक आन्दोलनमा सक्रिय थिए । यसैबीच, उनको निधनप्रति नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  मैले प्रचण्डको आलोचना गरेको छैनः डा.भीम रावल

‘चौंलागाईंको निधनले नेपाली कम्युनिस्ट आन्दोलन एवम् शिक्षक आन्दोलनमा अतुलनीय योगदान पुर्याउनु भएका कमरेड चौंलागाईंप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रचण्डले शोक वक्तव्यमा भनेका छन् ।

कमेन्ट गर्नुहोस्