कोरोनाबाट विराटनगरमा थप दुई जनाको मृत्यु

मोरङ : विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका-२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका-९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो । त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  भारतमा फैलिँदै कोरोनाः एकैदिन २३ को मृत्यु, ६ सय बढी संक्रमित

दुबै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्