विप्लवले भने, ‘प्रधानमन्त्रीले ‘रअ’प्रमुखसँग भेट्नु हदैसम्मको लज्जास्पद विषय’

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच बुधबार राति भएको छलफलको विषयवस्तु सार्वजनिक गर्न माग गरेको छ ।

केन्द्रीय जनपरिषद, नेपालका तर्फबाट प्रमुख सन्तोष बुढामगरले आज विज्ञप्ति जारी गर्दै छलफल गोप्य रहनु गम्भीर आपत्तिजनक भएको बताएका छन् ।

याे पनि पढ्नुस  विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

‘हालै नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया संस्था (रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदैसम्मको लज्जास्पद विषय हो,’ बुढामगरको विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ भन्ने कुरा स्पष्ट गर्दछ । भेटघाटमा कुन विषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको विषय हो । तत्काल उक्त विषयलाई नेपाली जनतासामु सार्वजनिक गर्न माग गर्दछौँ ।’

याे पनि पढ्नुस  डेढ करोड रुपैयाँ चन्दा माग गर्ने विप्लवका सिन्धुली जिल्ला सेक्रेटरी पक्राउ

प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि भेटका विषयवस्तु सार्वजनिक गर्न माग गरेको छ । सत्तारुढ दल नेकपाका नेताले पनि परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत प्रधाममन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेको भन्दै आपत्ति जनाएका छन् ।

कमेन्ट गर्नुहोस्