ब्रुनेईका राजकुमारको ३८ वर्षको उमेरमै निधन

ब्रुनेई : ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार निधन भएको छ । उनको ३८ वर्षको उमेरमै निधन भएको हो ।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र थिए ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन ।

कमेन्ट गर्नुहोस्