महाराष्ट्रका पूर्वमुख्यमन्त्रीलाई कोरोना संक्रमण

नयाँ दिल्ली : भारतको सत्ताधारी दलका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।

फडणवीसले शनिबार सामाजिक सञ्जालमार्फत् आफू कोभिड-१९ सङ्क्रमित भएको बताएका छन् । साथै उनले विगत केही दिनमा आफ्नो निकट सम्पर्कमा रहेका सबैलाई कोभिड-१९ परीक्षणका गर्न सुझाव दिएका छन् ।

याे पनि पढ्नुस  प्रदेशका जनताको स्वास्थ्यको जिम्मेवारी सरकारले लिन्छः मुख्यमन्त्री राई

फडणवीस भाजपाको विहार राज्यको निर्वाचन अभियानमा इन्चार्ज हुन् । बिहारमा यही अक्टोबर २८ देखि नोभेम्बर १० सम्म विभिन्न चरणमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ ।

अहिले उक्त राज्यमा निर्वाचन अभियान जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्