भारतीय मिडियाहरुद्वारा चीनले नेपालका ७ जिल्लाकाे सीमा कब्जा गर्दै बारुदी सुरुङ बनाएको प्रचारबाजी

काठमाडौं । भारतीय मिडियाले फेरि नेपाल र चीनसम्बन्धका बारेमा दुष्प्रचार शुरु गरेका छन् ।

यसपटक भारतीय मिडियाहरुले चीनले नेपालसँग ७ वटा जिल्लामा जमिन कब्जा गर्दै बारुदी सुरु निर्माण गरेको प्रचारबाजी गरेका हुन ।

शनिवारका दिन सबैजसो भारतीय समाचार च्यानलहरुले यो समाचारलाई बढाईचढाई प्रचार गरे ।

नवभारत टाइम्स, भाष्कर दैनिक जस्ता राष्ट्रिय पत्रिका र तिनका अनलाई संस्करणहरुले पनि यो विषयलाई प्रमुखताका साथ उठाए ।

समाचारमा भारतीय आन्तरिक गुप्तचर एजेन्सीहरुले सरकारलाई रिपोर्ट पठाउँदै चीनले नेपालसँग जोडिएका सात जिल्लाको सीमा कब्जा गरेको उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चीनको विस्तारवादी नीतिको समर्थन गरिरहेको भन्दै समाचारमा प्रधानमन्त्री केपी ओलीले समेत चीनले दोलखा जिल्लामा सीमा मिचेको कुरा उपेक्षा गरेको बताइएको छ । समाचार अनुसार, चीनले दोलखामा १५ सय मीटर सम्म आफ्नो सीमा नेपालतर्फ सारेको छ ।

याे पनि पढ्नुस  भेटियो हराएको ११ नं. सीमास्तम्भ, अब विवादित भूमिबारे यकीन गर्न सहज

गुप्तचर एजेन्सीहरुले नेपालका दोलखा, गोर्खा, दार्चुला, हुम्ला, सिन्धुपाल्चोक, रसुवा र संखुवासभा जस्ता उत्तरी जिल्लाहरुमा चीनले सीमा कब्जा गरेको रिपोर्ट दिएको समाचारमा छ । दोलखामा पिलर
नम्बर ५७, गोर्खामा पिलर नम्बर ३५, ३७ र ३८ तथा सोलुखुम्बुमा पिलर नम्बर ६२ सम्म सीमा बढाएको उनीहरुले उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष

समाचारमा गुप्तचर एजेन्सीहरुले हालैमात्री कृषि मन्त्रालयको एउटा रिपोर्ट र केही सांसदहरुले चीनद्वारा सीमा कब्जाको विषय उठाएको विषय समेत उठाएको उल्लेख छ ।

भारतका मिडियामा एउटै भाषा र तथ्यका आधारमा समाचार सार्वजनिक भएको छ । यसबाट यो समाचार नियोजितरुपमा प्रचार गर्न लगाइएको स्पष्ट हुन्छ ।

याे पनि पढ्नुस  नेपाली टोली फर्कियो, चीनले भन्यो– कुनै विवाद छैन, नेपालले ‘कन्फर्म’ गरे हुन्छ

नेपाल र चीनबीच सीमा विवादका विषयमा दुबै देशले यसअघि नै बारम्बार छलफल गरेका छन् । हालैमात्र हुम्लामा देखिएको विवादमा चीनले नेपाललाई शंका लागेमा आवश्यक अनुसन्धान गर्न सक्ने
बताएको थियो ।

संयोग के छ भने भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल नेपालबाट फर्केको भोलीपल्ट नै भारतीय मिडियाले यो प्रचारबाजी गरेका हुन ।

कमेन्ट गर्नुहोस्