हालसम्म विदेशमा कोरोनाबाट २८४ नेपालीको निधन

काठमाडौं : विश्वव्यापी महामारी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट पाटन अस्पतालमा १ जनाको मृत्यु

गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए ।

यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो ।

याे पनि पढ्नुस  १० दिनमै चीनले बनाएको अस्पताल आजबाट प्रयोगमा आउँदै (फोटोफिचर)

शनिबार साँझसम्म नेपालमा ८ सय ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण एक हजार १२६ नेपालीले ज्यान गुमाएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्