कोरोना संक्रमणबाट गाडी चालकको मृत्यु

चैनपुर  : बझाङमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका-८ बारिलका २८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका युवकको शनिबार बिहान मृत्यु भएकोमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्दीप ओखेडाले बताए ।

याे पनि पढ्नुस  बझाङमा भीरबाट लडेर महिलाको मृत्यु

उनी झण्डै १ हप्तादेखि अस्वस्थ्य थिए । उनमा संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाएको छ । यो सँगै सुदूरपश्चिममा मृतकको संख्या ३२ पुगेको छ ।

यस्तै मृतक चालकका गाडी धनीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि उनलाई धनगढी रेफर गरिएको छ ।

कमेन्ट गर्नुहोस्