चेन्नईविरुद्ध ब्याटिङ गर्दै आरसीबी, यी खेलाडी छन् प्लेइङ-११ मा

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत आजको पहिलो खेलमा चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध रोयल च्यालेन्जर्स (बैंग्लोर)ले टस जितेर ब्याटिङ रोजेको छ ।

आरसीबीले आज प्लेइङ-११ मा एक खेलाडी परिर्वतन गरेको छ । उसले बलिङ अलराउन्डर इशरु उडानालाई विश्राम दिँदै ब्याटिङ अलराउन्डर मोइन अलिलाई प्लेइङ-११ मा मौका दिएको छ ।

सीएसकेले भने आज प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन गरेको छ । उसले शार्दुल ठाकुर र जोस हेजलउडलाई आराम दिँदै मिचेल सान्टनर र मोनु कुमारलाई अवसर दिएको छ ।

याे पनि पढ्नुस  केकेआरविरुद्ध बलिङ गर्दै चेन्नई, यस्तो छ दुबै टिमको प्लेइङ ११

जारी सिजनमा सीएसकेले निकै खराब प्रदर्शन गरिरहेको छ । उसले ११ म्याच खेल्दा मात्र तीन खेलमा जित हासिल गरेको छ ।

हालसम्म हरेक सिजनमा ‘प्लेअफ’मा स्थान बनाउँदै आएको चेन्नई यो पटक भने निकै संघर्ष गरिरहेको छ । उसका एकरदुई खेलाडीबाहेक अन्य कुनै पनि लयमा देखिएका छैनन् । अनुभवी खेलाडीले भरिएको चेन्नईलाई जारी सिजनमा यूएईका मैदानले साथ दिइरहेको छैन ।

याे पनि पढ्नुस  केकेआरविरुद्ध आरसीबी ८ विकेटले विजयी, उक्लियो दोस्रो स्थानमा

यता विराट कोहली नेतृत्व गरिरहेको आरसीबी भने आईपीएल २०२० मा राम्रो लयमा देखिएको उसले १० खेलमा सात म्याच जितिसकेको छ । र, आरसीबीले तालिकामा १४ अंक जोडिसकेको छ ।

चेन्नईको प्लेइङ-११ : फाफ डु प्लेसिस, ऋतुराज गायकवाड, नारायाण जगदीशन, अम्बाती रायडू, एमएस धोनी (कप्तान), साम करन, रवीन्द्र जडेजा, दीपक चहर, मोनु कुमार, मिचेल सान्टन र इमरान ताहिर ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीले दियो आरसीबीलाई १९७ रनको लक्ष्य

आरसीबीको प्लेइङ-११ : देवदत्त पाडिक्कल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिभिलियर्स, गुरकिरत मान, क्रिस मोरिस, वासिङटन सुन्दर, मोइन अलि, मोहम्मद सिराज, नवदीप सैनी र युजवेन्द्र चहल ।

कमेन्ट गर्नुहोस्