आज २८५६ जनामा कोरोना, एकै दिन निको भए ३३३६ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएका छन् । गत २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् ।

याे पनि पढ्नुस  संसारको सबैभन्दा ठूलो भ्याक्सिनको ट्रायल सुरु

पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्