काठमाडौं उपत्यकामा थपिए आज १५ सय ३५ कोरोना संक्रमित

काठमाडौं : गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज उपत्यकामा ६२९ महिला र ९०६ पुरुष गरी जम्मा १५ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसहित देशभर संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । ४५ हजार ५७२ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार आइसोलेसनमा ४५ हजार ५७२ जना छन् भने क्वारेन्टाइनमा ३हजार ६४ जना रहेका छन् ।

याे पनि पढ्नुस  काठमाडौंमा खुकुलो बन्दै निषेधाज्ञा, यस्तो बन्यो मोडालिटी

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३३ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

आइसीयूमा २७७ जना र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८४७ जनाको मृत्यु भएको छ। आइतबार ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै

कमेन्ट गर्नुहोस्