मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न प्रचण्डको माग (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

प्रचण्डले आज विज्ञप्ति जारी गर्दै चौरसियाको हत्यामा संलग्न जोसुकै भए पनि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

‘म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाहीको प्रक्रियाअगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि र शोकाकल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

याे पनि पढ्नुस  प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

प्रचण्डले हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको समेत बताएका छन् ।

कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा चौरसियाको मृत्यु भएको थियो । उनी पर्सा पार्टी जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिवको जिम्मेवारी सम्हालिरहेका थिए । चौरसिया पूर्वमाओवादी केन्द्रका जनयुद्धकालदेखिकै कार्यकर्ता हुन् ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

 

कमेन्ट गर्नुहोस्