आईपीएल : आरसीबीविरुद्ध चेन्नई ८ विकेटले विजयी

कठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ८ विकेटले विजयी भएको छ ।

आरसीबीले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको सीएसकेले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

उसका लागि ऋतुराज गायकवाडले अविजित ६५, अम्बाती रायडूले ३९, फाफ डुप्लेसिसले २५ र कप्तान महेन्द्रसिंह धोनीले नटआउट १९ रन बनाए ।

याे पनि पढ्नुस  आरसीबीविरुद्ध बलिङ गर्दै दिल्ली, यस्तो छ दुबै टोलीको प्लेइङ-११

बलिङमा आरसीबीका क्रिस मोरिस र युजवेन्द्र चहलले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको आरसीबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

उसका लागि कप्तान विराट कोहलीले ५०, एबी डिभिलियर्सले ३९, देवदत्त पाडिक्कलले २२, आरोन फिन्चले १५ रन बनाए ।

याे पनि पढ्नुस  केकेआरविरुद्ध पञ्जाबको शानदार जित, गेलले गरे छक्काको वर्षा

बलिङमा २१ वर्षीय साम करनले उत्कृष्ट प्रदर्शन गरे । उनले ३ ओभरमा १९ रन दिएर महत्वपूर्ण ३ विकेट लिए ।

करनले आरोन फिन्च, विराट कोहली र मोइन अलिलाई आउट गरे । त्यस्तै, दीपक चाहरले २ र मिचेल सान्टनरले एक विकेट लिए ।

याे पनि पढ्नुस  राजस्थानमाथि आरसीबीको फराकिलो जित, कोहलीको उत्कृष्ट ब्याटिङ

जारी सिजनमा सीएसकेको यो चौथो जित हो । उसले १२ खेलमा ८ खेलमा हारको सामना गरेको छ । जारी सिजनमा आरसीबीको यो चौथो हार हो । उसले ११ खेलमा ७ म्याचमा जित हासिल गरेको छ ।

 

कमेन्ट गर्नुहोस्