आज १७ सय ४१ जनामा कोरोना पुष्टि, ह्वात्तै घट्यो पीसीआर

काठमाडौं : गत २४ घण्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ६ जनाको पीसीआर गर्दा आज सो संख्यामा कोरोना पुष्टि भएको हो ।

उपत्यकामा आज ८ सय ९४ जना संक्रमित भएका छन् । काठमाडौंमा ६ सय ७३, भक्तपुरमा ७६ र ललितपुरमा १ सय ४६ जना संक्रमित भए ।

याे पनि पढ्नुस  कोरोना भाइरस चिनियाँ भ्याक्सिनको सफल परीक्षण हुँदै

नेपालमा अहिलेसम्म १ लाख ५९ हजार ८ सय ३० वटा पोजेटिभ केस भेटिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख १५ हजार ६७५ रहेको छ । संक्रमितमध्ये ७२.४ प्रतिशत निको भएका छन् ।

याे पनि पढ्नुस  कोरोनाबारे फेसबुकमा भ्रम फैलाउने युवक पक्राउ

देशभर पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्