केकेआरविरुद्ध बलिङ गर्दै पञ्जाब, को-कोले पाए प्लेइङ ११ मा मौका?

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन पञ्जाबले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुँदैछ ।

शारजाहको मैदान अन्यको तुलनामा सानो छ । यो मैदानमा जारी सिजनमा सुरुवात म्याचमा चौकारछक्काको वर्षा देख्न पाइएको थियो ।

आजको पनि यो मैदानमा हाइस्कोरिङ म्याच देख्न पाइने अनुमान छ । पञ्जाब र केकेआरले आज पनि अघिल्लो प्लेइङ-११ लाई निरन्तरता दिएका छन् ।

याे पनि पढ्नुस  भुवनेश्वर कुमारले आईपीएलका बाँकी खेल गुमाउने

जारी संस्करणमा केकेआरले ११ म्याचमा १२ अंक जोडेको छ । केकेआर आजसम्म तालिकाको पाँचौ स्थानमा छ । पञ्जाब १० अंकका साथ तालिकाको छैठौँ स्थानमा छ । दुबै टिमका लागि आजको म्याच निकै महत्वपूर्ण छ ।

प्लेअफ पुग्न यी दुई टिमबीच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ । प्लेअफमा पुग्न बाँकी तीन टिम लगभग पक्का भइसकेकाले चौथो टोलीका लागि केकेआर र पञ्जाब मुख्य प्रतिस्पर्धामा देखिएका छन् ।

याे पनि पढ्नुस  आईपीएल : पञ्जाबले दियो सीएसकेलाई १७९ को लक्ष्य

जारी सिजनमा केकेआरमा इयोन मोर्गन र पञ्जाबमा केएल राहुल कप्तान छन् ।

पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान), मन्दीप सिंह, क्रिस गेल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, दीपक हूडा, क्रिस जोर्डन, मुर्गन अश्विन, रबि विश्नोई, अर्शदीप सिंह र मोहम्मद शामी ।

केकेआरको प्लेइङ-११ : नीतिश राणा, शुभमन गिल, राहुल त्रिपाठी, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक, सुनील नारायण, प्याट कमिन्स, कमलेश नागरकोटी, वरुण चक्रवर्ती, प्रसिद्ध कृष्ण र लकी फर्ग्युसन ।

याे पनि पढ्नुस  केकेआरले दियो दिल्लीलाई विशाल लक्ष्य, राणा र नारायणको उत्कृष्ट ब्याटिङ

कमेन्ट गर्नुहोस्