केकेआरविरुद्ध पञ्जाबको शानदार जित, गेलले गरे छक्काको वर्षा

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन पञ्जाब ८ विकेटले विजयी भएको छ ।

केकेआरले दिएको १ सय ५० रनको लक्ष्य पञ्जाबले १८.५ ओभरमा २ विकेट गुमाए पूरा गर्न सफल भयो ।

उसका लागि मन्दीप सिंहले ५६ बलमा ८ चौका र २ छक्कासहित अविजित ६६ रन बनाए । त्यस्तै, क्रिस गेलले २९ बलमा ५ छक्का र २ चौकासहित ५१ रनको योगदान दिए ।

याे पनि पढ्नुस  आईपीएल : चेन्नईले दियो दिल्लीलाई १८० रनको लक्ष्य

साथै, केएल राहुलले २८ र निकोलश पूरनले नटआउट २ रन बनाए । बलिङमा केकेआरका लकी फर्गुन र वरुण चक्रवर्तीले एकएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनायो । उसका लागि शुभमन गिलले ४५ बलमा ३ चौका ४ छक्काका साथ ५७ रनको पारी खेले ।

याे पनि पढ्नुस  केकेआरले दियो दिल्लीलाई विशाल लक्ष्य, राणा र नारायणको उत्कृष्ट ब्याटिङ

कप्तान इयोन मोर्गनले ४० र लकी फर्ग्युसन अविजित २४ रन बनाएका थिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा पञ्जाब टिमका मोहम्मद शामी, ३, रबि बिश्नोई, क्रिस जोर्डनले २/२, मुर्गन आश्विन र ग्लेन म्याक्सवेलले एकएक विकेट लिए ।

याे पनि पढ्नुस  आरसीबी र मुम्बईको म्याच आज, यस्तो छ सम्भावित प्लेइङ-११

यो जितसँग पञ्जाब तालिकाको चौथो स्थानमा उक्लिएको छ । जारी सिजनमा उसको यो लगातार पाँचौ जित हो । पञ्जाबले तालिकामा १२ अंक जोडिसकेको छ ।

केकेआरको पनि १२ अंक भए पनि नेट रन रेटका आधारमा पञ्जा चौथो स्थानमा उक्लिएको हो । पञ्जाबको लगातारको जितले प्लेफ पुग्ने टिमको रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्