पाकिस्तानको मस्जिदमा बम विस्फोट : ७ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

इश्लामाबाद : पाकिस्तानको एक मदरसा (धार्मिक पाठशाला) मा पढाइरहेका बेला बम विस्फोट भएको छ । घटनामा ७ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन् ।

घटनास्थलमा रहेका एक अधिकारीले बीबीसीलाई बताएअनुसार मृत्यु हुनेमा बालबालिकासमेत छन् ।

यो हमला पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने पेसावर सहरमा भएको हो । अहिलेसम्म यो आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन । घटनाको अनुसन्धान सुरु गरिएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  पाकिस्तान: हिन्दू प्रधानाध्यापक 'ईशनिन्दा'को आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जाल मा यस्तो प्रतिक्रिया

प्रहरीका अनुसार विस्फोट स्थानीय समयअनुसर बिहान साढे ८ बजे भएको हो । खैबर पख्तुनख्वा प्रान्तका मन्त्री तैमुर झगडाले विस्फोटमा ७ जनाको मृत्यु र ७० भन्दा बढी व्यक्ति घाइते भएको पत्रकारलाई जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्