दशैँका लागि घर आएका युवकमा कोरोना, ५ दिनका लागि गाउँ सिल

बागलुङ : दशैँ मनाउन घर आएका एक युवकमा कोरोना देखिएपछि बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ ।

क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा सोमबार भारतबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिए ।

याे पनि पढ्नुस  गृहमन्त्री थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

संक्रमित युवकलाई धौलागिरी अस्पतालको आइसोलेसनमा पठाइएको छ ।

ती युवक एक साताअघि भारतबाट सदरमुकाम बागलुङ बजार आएका थिए । बजार आएर होम क्वारेन्टिन बसेर केही दिनअघि मात्रै पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए ।

तर, स्वाबको पीसीआर रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिइ आएकाले गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्षसहित सिल गरिएको काठेखोला ३ धम्जाका वडा अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए ।

याे पनि पढ्नुस  संघीय संसदका प्रवक्तामा कोरोना संक्रमण

कमेन्ट गर्नुहोस्