नेपालमा ह्वात्तै घटे कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या बढ्यो

काठमाडौं : नेपालमा कोरोना नयाँ संक्रमितको संख्या ह्वात्तै घटेको छ । दशैँ सुरु भएपछि पीसीआर परीक्षण कम भएपछि संक्रमितको संख्या ह्वात्तै घटेको हो ।

पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा मात्र कोरोना पुष्टि भएको छ । २ हजार ७ सय २५ को पीसीआर गर्दा ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो ।

याे पनि पढ्नुस  कर्णाली एकै दिन १ सय १० जनामा कोरोना पुष्टि

योसँगै देशभर अहिलेसम्म कोभिड १९ सङ्क्रमितको सङ्ख्या १ लाख ६० हजार ४ सय पुगेको छ। जसमध्ये ४० हजार ६ सय ८१ जना उपचाररत छन् भने १ लाख १८ हजार ८ सय ४३ जना निको भइसकेका छन् ।

आज ३ हजार १ सय ६८ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

याे पनि पढ्नुस  सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई कोरोना संक्रमितको उपचारमा खटाइने (पत्रसहित)

२४ घण्टामा कोभिड १९ सङ्क्रमण भएका १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। देशभर अहिलेसम्म सङ्क्रमण भएका ८ सय ७६ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्