पूर्वसभासद् चौधरीको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले संविधानसभाका पूर्वसदस्य (सभासद्) मानपुर चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुबकमार्फत् मृतक चौधरीप्रति श्रद्धान्जलि तथा परिवारमा समवेदना प्रकट गरेका छन् ।

‘संविधानसभा सदस्य तथा हाम्रो पार्टीका २ नं. प्रदेश कमिटी सदस्य कमरेड मानपुर चौधरीको ६१ वर्षको उमेरमा आज धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण असामयिक निधन भएको खबर पाउँदा दुखित छु,’ प्रचण्डले लेखेका छन्, ‘विगत लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय दिवंगत कमरेड चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

याे पनि पढ्नुस  दुई प्रतिवेदनमाथि टिप्पणी गर्दै नेकपा स्थायी समिति सदस्य

सप्तरीको कञ्चनरूप नगरपालिका-४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

कोरोनाबाट संविधानसभाका पूर्वसभासद् चौधरीको मृत्यु

कमेन्ट गर्नुहोस्