मेचीनगर प्रमुख कोरोना उपचारका लागि भारत

झापा : मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड-१९ को थप उपचारका लागि आज भारतको सिलिगुढी लगिएको छ ।

कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलसन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए ।

मधुमेहका बिरामीसमेत रहेका उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि आज साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।

याे पनि पढ्नुस  रिसाए ट्रम्प, भनेः ‘म डाक्टर त होइन तर राम्रो दिमाग त छ नी’

कमेन्ट गर्नुहोस्