सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया छिट्टै अगाडि बढ्छ : उद्योगमन्त्री भट्ट

कञ्चनपुर : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया सुरु हुने बताएका छन् ।

मङ्गलबार महाकाली नगरपालिका-१ मा सुख्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए ।

याे पनि पढ्नुस  कञ्चनपुरमा भेटियो ११ फिट लामो अजिङ्गर

वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थीति बुझेर प्रक्रिया सुरु गर्ने उनले बताए । मन्त्री भट्ट सँगै अनुगमनमा सांसद डा. दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।

सुख्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम सुरु गरेको बताइएको छ । मन्त्रालयको प्राविधिक टोलीले १६ कात्तिकदेखि काम सुरु गर्ने जनाइएको छ ।

याे पनि पढ्नुस  भीमदत्त नगरपालिकामा किसानलाई कृषि उपकरण सहयोग

कमेन्ट गर्नुहोस्