मुकेश चौरसिया हत्या प्रकरण : दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना

पर्सा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आज पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् ।

मृतक चौरसियाको परिवारले दिएको किटानी जोहरी दर्ताको माग गर्दै कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडिको मूल सडकमा धर्ना दिएका हुन् ।

याे पनि पढ्नुस  झडपमा मारिएका मुकेश चौरसियाको ८ दिनपछि अन्त्येष्टि

यही ६ कात्तिकमा सो गाँउपालिकाको बहुअर्वाभाठामा भएको सपथग्रहण कार्यक्रममा विवादका क्रममा चौरसियामाथि आक्रमण गर्ने घटनाका योजनाकारलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै मृतकका आफन्त र कार्यकर्ताले आन्दोलन गरेका हुन् ।

मृतकका परिवारले किटानी जाहेरी दर्ता नभएसम्म शव नबुझ्ने आडान राखेका छन् । शवलाई पाँच दिनदेखि वीरगन्जको नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए ।

याे पनि पढ्नुस  बिहानै थपिए ९२ कोरोना संक्रमित

पार्टीको कार्यक्रममा दुई पक्षबीचको कुटाकुटमा परी घाइते चौरसियाको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा ७ कात्तिकमा निधन भएको थियो ।

चौरसिया हत्याको अभियोगमा तीन जानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्