आईपीएल : हैदराबादले दियो दिल्लीलाई २२० रनको लक्ष्य

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई २ सय २० को लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनायो ।

उसका लागि ऋद्धिमान साहा र कप्तान डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरे । साहाले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए । त्यस्तै, वार्नरले ३४ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६६ रनको योगदान दिए ।

याे पनि पढ्नुस  आईपीएलको फाइनल भोलि, यस्तो छ सम्भावित प्लेइङ-११

साथै, मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा नटआउट रहे । बलिङमा दिल्ली क्यापिटल्सका एनरिक नोर्टजे र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए ।

आज पनि सन्दीपले पाएनन् मौका

हैदराबादविरुद्ध पनि दिल्लीमाआवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाएनन् । उनले प्लेइङ ११ मा मौका नपाएको यो लगातार १२औँ खेल हो ।

याे पनि पढ्नुस  राजस्थान र सीएसकेबीचको म्याच आज, यस्तो छ सम्भावित प्लेइङ-११

१३ औँ सिजनको आईपीएलमा सन्दीप एक म्याचमा पनि मौका नपाउने सम्भावना बढेको छ । दिल्लीले अब ‘प्लेअफ’ पुग्न एक म्याच जिते पुग्छ । दिल्ली ‘प्लेअफ’ पुगेपछि उसको नजर शीर्ष स्थानमा हुनेछ ।

शीर्ष स्थानमा पुग्न दिल्ली बाँकी म्याचमा पनि बलियो प्लेइङ सेटका साथ मैदान उत्रिने सम्भावना छ । लगातार बेन्चमा बसिरहेका सन्दीपलाई दिल्लीले महत्वपूर्ण म्याचमा मौका दिने सम्भावना छैन ।

याे पनि पढ्नुस  आईपीएलमा केएल राहुलले बनाए नयाँ कीर्तिमान

यदि दिल्लीले आज र अर्को म्याचमा लगातार जित हासिल गरे समूह चरणको अन्तिम तथा १४ औँ खेलमा सन्दीपलाई मौका दिन सक्छ ।

कमेन्ट गर्नुहोस्