पोखरीमा डुबेर दाजुभाईको मृत्यु

सिरहा : जिल्लाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका-३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन् ।

सोमबार अपराह्न ३ बजेदेखि बेपत्ता दुवैको शव गाउँदेखि करीब ७ सय मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवालले जानकारी दिए ।

याे पनि पढ्नुस  उपत्यकाभित्रका ढुंगेधारा र पोखरी संरक्षण गर्ने सम्झौता

माछा मार्ने वा नुहाउने क्रममा पोखरीमा पसेको र त्यसैमा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको छ ।

 

कमेन्ट गर्नुहोस्