आईपीएलमा हैदराबादविरुद्ध दिल्लीको लज्जास्पद हार

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध दिल्ली क्यापिटल्स ८८ रनले पराजित भएको छ ।

हैदराबादले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

उसका लागि आजिक्य रहाणेले २६, ऋषभ पन्तले ३६, शिमरोहन हेटमायरले १६ र तुषार देशपाण्डेले नटआउट २० रन बनाए । बाँकी ब्याट्सम्यानको भने सम्झनालयक प्रदर्शन रहन सकेनन् ।

याे पनि पढ्नुस  आईपीएलमा रबाडाले रचे इतिहास, एकै म्याचमा बनाए ३ कीर्तिमान

बलिङमा हैदराबादका राशिद खानले शानदार प्रदर्शन गरे । उनले आज ४ ओभरमा ७ रन दिएर महत्वपूर्ण ३ विकेट लिए ।

त्यस्तै, सन्दीप शर्मा, थांगारासु नटराजनले २/२, विजय शंकर, जेसन होल्डर र शाहबाज नदीमले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनायो ।

याे पनि पढ्नुस  दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा

उसका लागि ऋद्धिमान साहा र कप्तान डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरे । साहाले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए । त्यस्तै, वार्नरले ३४ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६६ रनको योगदान दिए ।

साथै, मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा नटआउट रहे । बलिङमा दिल्ली क्यापिटल्सका एनरिक नोर्टजे र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  दिल्लीले आज हैदराबादसँग खेल्दै, मौका पाउलान् सन्दीप?

जारी सिजनमा हैदराबादको यो पाँचौ जित हो । उसले १२ खेलमा ७ म्याचमा हारको सामना गरेको छ । दिल्लीको भने यो पाँचौ हार हो । उसले १२ म्याचमध्ये ७ खेलमा जित हासिल गरेको छ । यदि आज दिल्ली जित हासिल गरेको भए ‘प्लेअफ’को यात्रा पक्का गथ्र्यो ।

कमेन्ट गर्नुहोस्