ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा समातिए ८ जना

काठमाडौं : सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिकप्रहरीले दसैँअवधिमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राम प्रसाद चौधरी, दिपक बहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेम बहादुर तामाङ, खडक बहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन । उनीहरूले ट्राफिक चेकजाँच क्रममासवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५ सय देखि ३ हजार रुपैयाँ दिन खोजेको महाशाखाले जनाएको छ ।

याे पनि पढ्नुस  कागजपत्रको सट्टा टिपर चालकले असईलाई ५ सय र हवलदारलाई १ सय रुपैयाँ दिन खोजेपछि...

महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्