कालापानी, लिपुलेकमाथिको नेपालको हकबारे वकालत गर्दै आएका ठगुन्नाको निधन

काठमाडौं : दार्चुलाका तत्कालीन नेकपा एमालेका संस्थापक पार्टी प्रमुख तथा नेकपा अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्नाको निधन भएको छ ।

महाकाली नदीको मुहानदेखि यताको भूभाग नेपालको हो भन्दै लामो समयदेखि वकालत गर्दै आएका ठगुन्नाको आज निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए ।

याे पनि पढ्नुस  भारत-चीनको लिपुलेकमा आँखा, नाका बनाउने सम्झौता ६६ वर्ष पुरानो

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको हक खोजी गर्ने, तथ्य विवरणको स्थलगत रूपमा अध्ययन अनुसन्धान गरी नेतृत्वसमक्ष रिपोर्टिङ गर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्