आईपीएल : आरसीबीद्वारा मुम्बईलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले मुम्बई इण्डियन्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनायो ।

उसका लागि देवदत्त पाडिक्कलले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा १२ चौका र एक छक्कासहित ७४ रन बनाए ।

याे पनि पढ्नुस  भुवनेश्वर कुमारले आईपीएलका बाँकी खेल गुमाउने

त्यस्तै, जोश फिलिपले ३३, एबी डिभिलियर्सले १५, गुरकितमान सिंहले अविजित १४ र वासिङ्टन सुन्दरले नटआउट १० रनको योगदान दिए ।

बलिङमा मुम्बई इण्डियन्सका स्टार बलर जसप्रीत बुमराहले शानदार बलिङ गरे । उनले आफ्नो चार ओभरमा महत्वपूर्ण ३ विकेट लिएर १४ रन मात्र खर्चिए ।

याे पनि पढ्नुस  आईपीएलको फाइनल आज, मुम्बईलाई हराएर दिल्लीलाई इतिहास रच्ने अवसर

बुमराहले आज कप्तान विराट कोहली, देवदत्त पाडिक्कल र शिवम दुबेलाई आउट गरे ।

त्यस्तै, ट्रेन्ट बोल्ट, राहुल चाहर र कप्तान किरण पोलार्डले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्