आईपीएलमा आरसीबीविरुद्ध मुम्बईको शानदार जित

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध मुम्बई इण्डियन्स ५ विकेटले विजयी भएको छ ।

आजको जितसँगै मुम्बईले ‘प्लेअफ’को यात्रा पक्का गरेको छ । जारी आईपीएलमा ‘प्लेअफ’प्रवेश गर्ने मुम्बई पहिलो टिम बनेको छ ।

आज आरसीबीले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो । उसका लागि सूर्यकमाुर यादवले ४३ बलमा १० चौका र ३ छक्कासहित अविजित ७९ रन बनाए ।

याे पनि पढ्नुस  आईपीएल : आरसीबीद्वारा चेन्नईलाई १७० रनको लक्ष्य

त्यस्तै, इशान किशनले २५, क्विन्टन डीककले १८, हार्दिक पाण्ड्याले १७, कुणाल पाण्ड्याले १० रनको योगदान दिए ।

बलिङमा आरसीबीका मोहम्मद सिराज, युजवेन्द्र चहलले २/२ र क्रिस मोरिसले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनायो ।

याे पनि पढ्नुस  आईपीएल : हैदराबाद र राजस्थान खेल्दै, यस्तो छ सम्भावित प्लेइङ ११

उसका लागि देवदत्त पाडिक्कलले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा १२ चौका र एक छक्कासहित ७४ रन बनाए ।

त्यस्तै, जोश फिलिपले ३३, एबी डिभिलियर्सले १५, गुरकितमान सिंहले अविजित १४ र वासिङ्टन सुन्दरले नटआउट १२ रनको योगदान दिए ।

याे पनि पढ्नुस  पञ्जाबविरुद्ध ब्याटिङ गर्दै हैदराबाद, यी खेलाडीले पाए प्लेइङ-११ मा मौका

बलिङमा मुम्बई इण्डियन्सका स्टार बलर जसप्रीत बुमराहले शानदार बलिङ गरे । उनले आफ्नो चार ओभरमा महत्वपूर्ण ३ विकेट लिएर १४ रन मात्र खर्चिए ।

बुमराहले आज कप्तान विराट कोहली, देवदत्त पाडिक्कल र शिवम दुबेलाई आउट गरे । त्यस्तै, ट्रेन्ट बोल्ट, राहुल चाहर र कप्तान किरण पोलार्डले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्