सांसद बस्नेत परिवारका ८ जना कोरोनामुक्त, बल्ल लगाइयो दशैँको टीका

भक्तपुर : विजयादशमीका दिन सबैले आ-आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर, भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै आउनु भएका सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेतको घरमा कुनै चहलपहल थिएन ।

छ महिना अगाडि मात्रै मुटुको ओपन हार्ट सर्जरी गरेपछि घरमा आराम गरेकी सांसद बस्नेतको ६६ वर्षीया आमासहित परिवारका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि घर मै आइसोलेसनमा बसेको परिवारमा १५ दिनपछि हिजो मात्र कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि बल्ल दशैँको रौनक आएको छ ।

याे पनि पढ्नुस  काठमाडौं र भक्तपुरका सीडीओको सरुवा, को कहाँ?

मुटुको शल्यक्रिया गरेको आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिन मै उहाँले कोरोनालाई परास्त गरेर दशैँको टीकासँगै आर्शिवाद थाप्न पाउँदा खुसी लागेको बताउदै सांसद बस्नेतले भने, ‘कोरोनालाई परास्त गर्नुभएको आमाको हातको टीका लगाउँदा उहाँले हामीलाई मात्रै हैन, सिङ्गो देशवासीमा कोरोनालाई परास्त गर्ने शक्ति प्राप्त होस् र हाम्रो देश छिट्टै कोरोना मुक्त होस् भनेर आर्शिवाद दिनुभयो ।’

याे पनि पढ्नुस  कोरोना संक्रमण बढेपछि यस्तो छ भक्तपुरको तयारी

नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतको परिवारका आमा, बहिनी, ज्वाई, भान्जा, भान्जी, सवारी चालकसमेत आठ जनामा कोरोना पोजिटिभ देखिएकोमा १५ दिनको होम आईसोलेसनको बसाईबाटै उनीहरू सबैको कोरोना रिपोर्ट हिजो नेगेटिभ आएको थियो ।

आमालाई सुरुमा ज्वरो आउने, रूघा लाग्ने, जिउ दुख्ने र खानाको स्वाद हराउने लक्षण देखिएपछि गरेको परीक्षणमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्क ट्रेसिङमा परेका सांसद बस्नेत, उनको बुबालगायत परिवारका अन्य सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

याे पनि पढ्नुस  वडाध्यक्षले कोरोना संक्रमितको परिवारलाई घरभित्र ताल्चा लगाएर थुनेपछि...

यसवर्ष परिवार बाहेक टीका थाप्न आउने अन्यलाई नआइदिन आग्रह गरेको बताउँदै उनले कोरोना कहरबीच यस वर्षको दशैँ तिहार परिवार मै सीमित भएर औपचारिकतामा मात्रै मनाउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्