आज २३६४ जनामा कोरोना, एकैदिन निको भए ३ हजार बढी संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

याे पनि पढ्नुस  भारतबाट फर्किएर घरमै लुकेका १ जना गम्भीर विरामी, उपचारका लागि अस्पताल ल्याइँदै

तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्