केकेआरविरुद्ध बलिङ गर्दै चेन्नई, यस्तो छ दुबै टिमको प्लेइङ ११

काठमाडौं  : यूएईमा जारी १३ औँ संस्करणको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध चेन्नई सुपर किंग्स (सीएसके)ले टस जितेर बलिङ रोजेको छ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुँदैछ ।

सीएसकेले आज प्लेइङ-११ मा ३ खेलाडी परिर्वतन गरेको छ । उसले फाफ डुप्लेसिस, इमरान ताहिर र मोनु कुमारलाई विश्राम दिँदै लुंगि एन्गीडी, करण शर्मा र शेन वाट्सनलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  आईपीएल फाइनल : मुम्बईविरुद्ध ब्याटिङ गर्दै दिल्ली, यस्तो छ प्लेइङ-११

केकेआरले भने एक खेलाडी मात्र परिवर्तन गरेको छ । उसले प्रशिद्ध कृष्णालाई आराम दिँदै रिंकु सिंहलाई मौका दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा इयोन मोर्गनको कप्तानीमा रहेको कोलकाता सातौं जितको खोजीमा हुनेछ । कोलकाता १२ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ ।

कोलकाता चेन्नईलाई हराएर प्लेअफ यात्रा बलियो बनाउन चाहन्छ। चेन्नईलाई पराजित गर्न सके कोलकाता लिगको शीर्ष चारभित्र उक्लने छ। तर, चेन्नईविरुद्ध जित निकाल्न कोलकातालाई सहज हुने छैन। यता महेन्द्रसिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई कोलकातालाई हराएर पाँचौँ जित निकाल्न चाहन्छ।

याे पनि पढ्नुस  आईपीएल : दिल्ली र केकेआर खेल्दै, सन्दीपले मौका पाउने सम्भावना कति?

तर, चेन्नईलाई यस खेल खासै महत्वपूर्ण रहेको छैन। किनकि चेन्नई प्रतियोगिताको प्लेअफ होडबाट बाहिरिसकेको छ। कोलकातासँगको खेल चेन्नईका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ। चेन्नई १२ खेलमा ८ अंक जोडेर पुछारमा रहेको छ।

यस्तै चेन्नई कोलकाताविरुद्ध जित निकाल्दै अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। सिजनको पहिलो भेटमा कोलकाताले चेन्नईलाई १० रनले हराएको थियो।

याे पनि पढ्नुस  आईपीएल : राजस्थानविरुद्ध दिल्लीको शानदार जित

चेन्नईको प्लेइङ-११ : शेन वाट्सन, ऋतुराज गायकवाड, नारायाण जगदीशन, अम्बाती रायडू, एमएस धोनी (कप्तान, साम करन, रवीन्द्र जडेजा, दीपक चहर, लुंगी एन्गीडी, करण शर्मा र मिचेल सान्टनर ।

कोलकाताको प्लेइङ-११ : शुभमन गिल, नितीश राणा, राहुल त्रिपाठी, दिनेश कार्तिक (विकेटकीपर), इयोन मोर्गन (कप्तान), सुनील नारायण, प्याट कमिन्स, लकी फर्ग्युसन, कमलेश नागरकोटी, कुलदीप यादव र वरुण चक्रवर्ती ।

कमेन्ट गर्नुहोस्