कोलकाताले दियो चेन्नईलाई बलियो लक्ष्य, राणाको उत्कृष्ट ब्याटिङ

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलको ४९ औँ म्याचमा कोलकाता नाइट राइडर्स (केकेआर)ले चेन्नई सुपर किंग्स (सीएसके)लाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याछिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

याे पनि पढ्नुस  आईपीएलमा पञ्जाबमाथि मुम्बईको शानदार जित

उसका लागि नितीश राणाले उत्कृष्ट ब्याटिङ गरे । उनले ६१ बलमा ४ छक्का र १० चौकासहित ८७ रन बनाए ।

नितीशले १५ ओभरमा कर्ण शर्माको ओभरमा ३ बलमा ३ छक्का प्रहार गर्दै चेन्नई बलियो लक्ष्य दिन ठूलो मद्दत गरे ।

याे पनि पढ्नुस  हैदराबादविरुद्ध ब्याटिङ गर्दै चेन्नई, यी खेलाडी छन् प्लेइङ-११ मा

त्यस्तै, शुभमन गिलले २६, दिनेश कार्तिकले अविजित २१, कप्तान इयोन मोर्गनले १५, रिंकु सिंहले ११ र सुनील नारायणले ७ रनको योगदान दिए ।

बलिङमा चेन्नईका लुंगी एनगीडिले २, रवीन्द्र जडेजा, कर्ण शर्मा र मिचेल सान्टनरले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्