काठमाडौंको चन्द्रागिरि र ललितपुरको गोदावरीमा २ जना मृत फेला

काठमाडौं : चन्द्रागिरि र ललितपुरको गोदावरीमा आज दुई जना मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी गाउँपालिका २ का ३६ वर्षीय माईला भन्ने गणेश नेपाली मृत फेला परेका छन् ।

याे पनि पढ्नुस  प्रचण्डद्वारा प्रदेश नम्बर ७ को स्थायी राजधानी निर्माण स्थल गोदावरीको स्थलगत भ्रमण

यस्तै ललितपुरको गोदावरी नगरपालिका- ३ टौखेल बस्ने ३३ वर्षीय श्रीराम कुँवर आफ्नै घरमा आज मृत फेला परेका छन । मृत्युको कारण भने नखुलेको र उक्त घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उता काठमाडौं महानगरपालिका ९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटकी मन्दिरा थापा भण्डारीको झण्डै डेढ लाख चोरी भएको छ । उनको कोठाबाट ४८ हजार रुपैयाँ नगद र ग्लोबल बैंकको एटिएमबाट एक लाख चोरी भएको जनाइएको छ ।

याे पनि पढ्नुस  वन मासिने क्रम बढ्दै

कमेन्ट गर्नुहोस्