भारतीयलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

कैलाली : धनगढीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१२ का अध्यक्ष गणेशप्रसाद जोशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार २० फागुन २०७५ सालमा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुबा बनेको सिफारिस गरेको भेटिएपछि वडाध्यक्ष जोशीीलाई पक्राउ गरिएको हो ।

याे पनि पढ्नुस  हङकङका ३० लाख बासिन्दालाई नागरिकता दिँदै ब्रिटेन

चौधरीले नक्कली बुबा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए ।

अन्सारी टीकापुर नगरपालिका- ७ मा बस्दै आएका छन् । नक्कली बुबा बन्ने चौधरी भने फरार छन् । उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  संसदमा नागरिकता बहसः छोरी, बुहारी र आमालाई समान हुने कि नहुने ?

वडाध्यक्ष जोशी नेपाली कांग्रेसबाट विजयी हुन् । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्