काेराेनाबाट ४ जना नर्सकाे मृत्यु, १५० संक्रमित

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा हालसम्म ४ जना नर्सको मृत्यु भएको छ । मृतक ४ जना नर्स वीर अस्पतालबाट सेवानिवृत्त  नर्स हुनुहुन्छ । 

नेपाल नर्सिङ संघकी कोषाध्यक्ष एवं प्रवक्ता कल्पना श्रेष्ठका अनुसार सुवर्णलक्ष्मी ताम्राकार, विद्या जोशी, लक्ष्मी चित्रकार्र  र चन्द्रकला परियारको मृत्यु भएको हो । 

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा उच्च संक्रमण, आजमात्रै थपिए ३१०७ जना

ताम्राकार र जोशीको उमेर ७० वर्षीया रहेको कोषाध्यक्ष  श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार परियार ६४ र चित्रकार ६५ वर्षीया हुनुहुन्थ्यो । 

‘उहाँहरु चारै जना नर्स सेवा निवृत्त हुनुन्थ्यो र संघको आजीवन सदस्य पनि हुनुहुन्थ्यो’ ? प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हामीले कोरोना महामारी सुरु भएयता ४ जना नर्सलाई नेपालको नर्सिङ क्षेत्रमा ठूलो क्षति भयो ।

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ प्राडा.सुनील झाको निधन

श्रेष्ठका अनुसार ४ जना नै दीर्घ रोगी हुनुहुन्थ्यो । उहाँहरुमा मधुमेह, क्यान्सर, उच्च रक्तचाप लगायतका समस्या थिए । देशभर अहिलेसम्म ५ सय भन्दा बढी नर्सहरु संक्रमित भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अहिले सेवारत कोही पनि नर्सको कोरोनाबाट मृत्यु नभएको उहाँले बताउनु भयो । 

याे पनि पढ्नुस  नेपालमा कोरोनाका कारण थप तीनको मृत्यु

कमेन्ट गर्नुहोस्