हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

सिमकोट : हुम्लाको सिमकोट गाउँपालिका-४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ ।

चेला वनबाट सुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो । खुक्खा मौसम सुरु भएसँगै हुम्लामा आगलागीका घटना सुरु हुन थालेका छन् ।

याे पनि पढ्नुस  हुम्लामा भीषण आगलागी, १५ घर जलेर नष्ट

उक्त सामुदायिक वन २०५२ सालदेखि संरक्षण गरेर राखेको सिमकोट-४ का वडाध्यक्ष छविचन्द्र लामाले बताए ।

सामुदायिक वनमा आगलागी हुँदा हजारौँको सङ्ख्यामा रहेका विभिन्न जातका वनस्पतीसँगै वनमा रहेका चराचुरुङगी, जङ्गली जनावर समेत केही जलेर नष्ट भएको वडाध्यक्ष लामाले बताए ।

लामो समयसम्म जोगाएर राखेको वन क्षेत्रमा लाखौँका सल्लो, धुपी, उत्तिसलगायत जडिबुटीका बिरुवा जलेर नष्ट भएका छन् ।

याे पनि पढ्नुस  दिल्लीमा हिंसात्मक झडपसँगै आगलागीः हवल्दारको मृत्यु, डिसीपी अस्पताल भर्ना

कमेन्ट गर्नुहोस्