आज पञ्जाब र राजस्थान खेल्दै, यस्तो छ सम्भावित प्लेइङ-११

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलको ५० औँ म्याचमा आज किंग्स इलावेन पञ्जाब र राजस्थान रोयल्स खेल्दै छन् । यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी सिजनमा पञ्जाबले १२ खेलमा ६ मा जित र ६ खेलमा हारको सामना गरेको छ । त्यस्तै, राजस्थानले १२ खेलमध्ये ५ खेलमा जित हासिल गरेको छ ।

याे पनि पढ्नुस  दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा

यो पटक पञ्जाबमा किंग्स इलावेन र राजस्थानमा स्टिभ स्मिथ कप्तान छन् । हालसम्म राजस्थानले एक पटक आईपीएल उपाधि जितेको छ । पञ्जाबले भने अहिलेसम्म उपाधि हात पार्न सकेको छैन ।

पञ्जाबको सम्भावित प्लेइङ-११ : मयंक अग्रवाल, केएल राहुल (कप्तान) क्रिस गेल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, मन्दीप सिंह/दीपक हुड्डा, क्रिस जोर्डन, मुर्गन अश्विन, मोहम्मद शामी, रवि बिश्नोई र अर्शदीप सिंह ।

याे पनि पढ्नुस  दिल्लीले आज सन्दीपमाथि गर्ला विश्वास ? यस्तो छ सम्भावना

राजस्थान सम्भावित प्लेइङ-११ : बेन स्टोक्स, रोबिन उथप्पा, सञ्जु सामसन, स्टिभ स्मिथ (कप्तान), जोस बटलर, रियान पराग, राहुल तेवटिया, श्रेयस गोपाल, जोफ्रा आर्चर, अंकित राजपूत/वरुण आरोन/जयदेव उनाडकट र कार्तिक त्यागी ।

कमेन्ट गर्नुहोस्