कोरोना संक्रमणबाट पत्रकार चौलागाँईको निधन

बनेपा : कोरोना सङ्क्रमित काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाँईको शुक्रबार बिहान निधन भएको छ । करिब तीन दशकदेखि पत्रकारितामा आवद्ध काभ्रेका पत्रकार चौलागाँईको शुक्रबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको उनका भाई दीपक चौलागाँईले जानकारी दिए ।

काभ्रेबाट प्रकाशित हुने काभ्रे पोष्ट साप्ताहिकका सञ्चालक तथा प्रधान सम्पादक चौलागाँईमा असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  ‘लकडाउन’ ले फेरिएको दैनिकी, पुस्तक बन्दै धेरैको साथी

कोरोना संक्रमण पुष्टि भएसँगै २७ गतेदेखि उनी ज्वरो बढेपछि उपचारका लागि ओम अस्पताल गएका थिए । अस्पतालले होम आइसोलेसनमा बस्न सुझाव दिएपछि उनी घर फर्किएका थिए । ‘होम आइसोलेसनमा बस्दा बस्दै स्वास्थ्य समस्या बढेपछि कात्तिक १ गते अस्पतालमा भर्ना गरिएको थियो,’ भाइ दीपकले भने, ‘अस्पतालमा जाँँदा कोरोनाका कारण उहाँको फोक्सोले ४० प्रतिशत मात्रै काम गरेको र आईसीयूमा राखेर दश/पन्ध्र दिन उपचार गर्नुपर्ने डाक्टरको सल्लाह अनुसार अक्सिजन थेरापीमार्फत उपचार गर्दागर्दै उनको शुक्रबार बिहान ३ः४५ बजे मृत्यु भयो ।’

याे पनि पढ्नुस  यूएइमा थप २ नेपालीमा कोरोना संक्रमण, बाहिर ननिस्कन दूतावासको अनुरोध

भाइ दीपकले दाइलाई कोरोनाबाट अन्य भागमा पारेको क्षतिबाट मृत्यु भएको बताए । पत्रकार चौलागाँईमा कोरोनाका साथै निमोनिया समेत भएको थियो । उनी विगत केहि वर्षदखि इन्जाइटिस रोगबाट समेत पीडित रहेको भाइ दीपकले बताए ।

कमेन्ट गर्नुहोस्