पूर्वसभामुख महरा पत्नीलाई थप उपचारका लागि काठमाडौं पठाइयो

दाङ  : श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं लगिएको हो ।

५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले सीतालाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको बताए ।

याे पनि पढ्नुस  महरामाथि सूक्ष्म अनुसन्धान

नेकपा नेता यज्ञबहादुर केसीका अनुसार सीताले केही वर्ष पहिले छातीको अपरेसन गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्