देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताको बैठक बोलाएका छन् ।

सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार २१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागिएको हो ।

यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।

याे पनि पढ्नुस  पर्यटनमन्त्री भट्टराइले भेटे पूर्व प्रधानमन्त्री देउवालाई, के भयो कुराकानी?

१९ गते केन्द्रीय कार्यसमिति बैठक थियो । तर केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको थियो ।

कमेन्ट गर्नुहोस्