आज ३५१७ जनामा कोरोना, एकैदिन निको भए ४०९६ संक्रमित

काठमाडौं : गत २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

याे पनि पढ्नुस  रुसी राष्ट्रपति पुटिनले घोषणा गरे अप्रत्याशित ‘लकडाउन’

पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ ।

सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  सवारी पासमा थप कडाईः अब मृत्यु संस्कारमा जानेलाई मात्रै दिइने !

कमेन्ट गर्नुहोस्