झडपमा मारिएका मुकेश चौरसियाको ८ दिनपछि अन्त्येष्टि

पर्सा : झडपमा परी मारिएको आठ दिनपछि नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ ।

चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको निवास्थान लगि शतगत गरिएको हो ।

याे पनि पढ्नुस  मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

सो गाँउपालिका कमिटीमा यही ६ कात्तिकमा भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको ७ कात्तिकमा उपचारका क्रममा मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  मुकेश चौरसियाको हत्यामा संलग्न तिवारी भारतबाट पक्राउ

कमेन्ट गर्नुहोस्