धापासीमा छुरा प्रहार गरी युवकको हत्या

काठमाडौंं : टोखा नगरपालिका- ५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायू अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  दीपक हत्या प्रकरणः अभियुक्त ४ जना जेल चलान

प्रहरी प्रवक्ता कुबेर कडायतले महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नाका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्