पञ्जाबले दियो राजस्थानलाई बलियो लक्ष्य, शतक बनाउन चुके गेल

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलको ५० औँ म्याचमा किंग्स इलावेन पञ्जाबले राजनस्थान रोयल्सलाई १ सय ८६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनायो ।

याे पनि पढ्नुस  दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा

उसका लागि क्रिस गेलले शानदार ब्याटिङ गरे । ३.४ ओभरमा जीवनदान पाएका गेलले आज ६३ बलमा ८ छक्का र  ६ चौकासहित ९९ रनको योगदान दिए ।

त्यस्तै, कप्तान केएल राहुलले ४६, निकोलश पूरनले २२ र ग्लेन म्याक्सवेलले अविजित ६ रन बनाए ।

याे पनि पढ्नुस  आरसीबीले दियो केकेआरलाई १९५ रनको लक्ष्य, डिभिलियर्सको उत्कृष्ट ब्याटिङ

बलिङमा राजस्थान टिमका बेन स्टोक्स र जोफ्रा आर्चरले २/२ विकेट लिए ।

कमेन्ट गर्नुहोस्