आईपीएल : पञ्जाबमाथि राजस्थानको शानदार जित

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध राजस्थान रोयल्स ७ विकेटले विजयी भएको छ ।

पञ्जाबले दिएको १८६ रनको लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि बेन स्टोक्सले ५०, सञ्जु सामसनले ४८, रोबिन उथप्पाले ३०, स्टिभ स्थिले नटआउट ३१ र जोस बटलरले अविजित २२ रन बनाए ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीद्वारा राजस्थानलाई १ सय ८५ रनको लक्ष्य

बलिङमा पञ्जाब टिमका क्रिस जोर्डन र मुर्गन आश्विनले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनायो ।

उसका लागि क्रिस गेलले शानदार ब्याटिङ गरे । ३.४ ओभरमा जीवनदान पाएका गेलले आज ६३ बलमा ८ छक्का र ६ चौकासहित ९९ रनको योगदान दिए ।

याे पनि पढ्नुस  राजस्थानमाथि आरसीबीको फराकिलो जित, कोहलीको उत्कृष्ट ब्याटिङ

त्यस्तै, कप्तान केएल राहुलले ४६, निकोलश पूरनले २२ र ग्लेन म्याक्सवेलले अविजित ६ रन बनाए ।

बलिङमा राजस्थान टिमका बेन स्टोक्स र जोफ्रा आर्चरले २/२ विकेट लिए ।

आजको जितसँगै राजस्थान पाँचौ स्थानमा उक्लिएको छ । उसले १३ म्याच खेल्दा ६ मा जित र ७ खेलमा हारको सामना गरेको छ । र, राजस्थानले तालिकामा १२ अंक जोडेको छ ।

याे पनि पढ्नुस  पञ्जाबविरुद्ध ब्याटिङ गर्दै दिल्ली, आज पनि सन्दीपले पाएनन् मौका

पञ्जाबलेले पनि १३ म्याचमा ६ मा जित र सात खेलमा हार ब्यहोरेको छ । तालिकामा पञ्जाब नेट रेन रेटका आधारमा १२ अंकका साथ चौथो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्