टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते (हेर्नुस तस्वीरहरु)

इस्तानबुल स् टर्कीमा गएराती गएको गएको भूकम्पमा परी मर्नेको संख्या २३ पुगेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार टर्कीको पश्चिमी क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कतिपय वाहनहरु समेत ढलेका संरचना मुनि पुरिएको देख्न सकिन्छ ।

घटनामा ८ सय बढी घाइते भएको अधिकारीहरुले बताएका छन् ।

ग्रिससँग जोडिएको टर्कीको सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ । जसले गर्दा ग्रीसको नियोन सहरमा क्षति पुगेको छ । टर्कीको सरकारी विभागले भने ६ दशमलब ६
म्याग्निच्युडको भूकम्प गएको बताएका छन् । साथै भूकम्प १६ दशमलब ५ किलोमिटर गहिराइमा थियो ।

भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । अहिले टर्की सरकार र अन्तर्राष्ट्रिय संघसंस्थाले उद्धारको काम अगाडि बढाएका छन् ।

 

 

 

 

कमेन्ट गर्नुहोस्